शनिबार, बैशाख ८, २०८१

काँग्रेसको  संस्थापन पक्ष र असन्तुष्ट पक्ष आ-आफ्नै अडानमा, शिर्ष नेतृत्वको बैठक निष्कर्ष विहिन

काठमाडौ कार्तिक १८,

नेपाली कांग्रेसभित्र मौलाएको आन्तरिक विवादसंगै सरकारका गलत क्रियाकलापको समिक्षा गर्न बसेको शिर्ष नेतृत्वको बैठकमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष र असन्तुष्ट पक्ष आ-आफ्नो अडानमा रहेका कारण कुनै ठोस सहमति वेगरनै बैठक समापन भएको छ।

काँग्रेसको कार्तिक २१ गतेका लागि आव्हान गरिएको केन्द्रीय समिति बैठक अघि नै आन्तरिक रुपमा यो वा त्यो   कोणबाट विभाग गठन ,मनोनित लगायतका विषयगत एजेन्दामा मौलाएको असहमतिका विषयको सम्बोधनार्थ भन्दै सोमवार कसेको शिर्ष नेतृत्वको बैठकले कुनै सहजिकरणको मार्ग पहिल्याउँन नसको हो ।

त्यस्तै बैठकमा रामचन्द्र पोडेल लगायतका असन्तुष्ट पक्षले आसन्न् महाधिवेशनलाइ प्रभाव पार्ने मनशायले गरिएको कुनै पनि निर्णय स्वीकार्य हुन नसक्ने अडान राख्दै सभापति शेर वहादुर देउवाले पार्टीलाइ विधानको मुल्य र मान्यता विपरित चलाउन थालेको आरोप समेत लगाएको स्रोतको दावी रहेको छ।

त्यस्तै, क्रियाशील सदस्यता वितरण दल परित्याग गरेर कांग्रेस प्रवेश गरेका नेताहरूको समायोजन, लगायतका विषयमा नेताको विमति रहेको बताईएकोछ । यद्यपी बैठकमा प्रस्तावित तमाम विषयमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का लगायतले आ आफ्नो धारणा राखेका थिए।

त्यस्तै नितिगत सहमति बनाउनकै लागि शिर्ष नेतृत्वको बैठक आज पनि जारी रहने भनिएपनि गएराती कांग्रेस नेता एबं सांसद सूर्यबहादुर केसीको निधनका कारण बैठक स्थगन हुने प्रवल संभावना रहेको सम्वद्ध स्रोतले जनाएको छ।