मङ्लबार, बैशाख ४, २०८१

उपत्यकामा १,५३३ सहित देशभर थपिए २८१७ नयाँ कोभिड संक्रमित,थप २१ को मृत्यु

काठमाडौं कार्तिक २३,

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ३११ जनाको पीसीआर परीक्षणको क्रममा थप २८१७ जनामा कोभिड संक्रमण पुष्टि भएको  र सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८१२ जना डिस्चार्ज भएसंगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६  रहेको मन्त्रालयले जनाएकोछ ।

त्यस्तैगरि आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १हजार५३३ जना रहेको र यसमध्ये पनि काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरका १६२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । साथै क्वारेनटिनमा १ हजार १ सय ४९ जना रहेको भने होमआइसोलेसनमा २९ हजार १ सय ९७ जना रहेका छन् । त्यस्तै संक्रमणका कारण थप २१ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।