शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाका ८ सय ९९ सहित थप १ हजार ६ सय ७४ जनामा कोभिड संक्रमण, थप ७ को मृत्यु

 काठमाडौं मंसिर ६,
पछिल्लो २४ घण्टामा देशभरका विभिन प्रयोग शालामा गरिएको ८ हजार १ सय ४४ कोभिड परीक्षणको क्रममा थप १ हजार ६ सय ७४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । आज पहिचान भएका संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप २ हजार ३ सय २३ जना संक्रमित उपचार पछि  डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ९३ हजार २३ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय ३३६ जना संक्रमितको आइसीयुमा र ४७ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जानकारी दिदै काठमाडौं उपत्यकामा आज थप ८ सय ९९ जनामा संक्रमण देखिएको  र यसमध्ये काठमाडौ ६८५ जना, ललितपुरका १६५ जना त्यस्तैगरि भक्तपुरमा ४९ जना रहेको जनाएको छ । त्यस्तै संक्रमणका कारण  थप ७ जनाको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको  सख्या १ हजार ३ सय ५ पुगेको जनाएकोछ ।