शनिबार, बैशाख ८, २०८१

उपत्यकाका १६३० सहित थप २ हजार ९ सय ३३ जनामा कोभिड संक्रमण, दुइदर्जन संक्रमितको मृत्यु

काठमाडौ कार्तिक १७,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ४ सय ४६जनाको पीसीआर परीक्षणको क्रममा थप २ हजार ९ सय ३३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालउयका अनुसार आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ रहेको जनाएको छ ।त्यस्तै देशभर थप ३ हजार १ सय ५० जना संक्रमित संक्रमण मुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि आज पुष्टि भएका संक्रमति मध्ये काठमाडौ उपत्यकाका १ हजार ६३० जना रहेको र यसमध्येपनि काठमाडौमा १ हजार ३२९ जना, भक्तपुरमा १०८ जना र ललितपुरका १९३ जना रहेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २४ जनाको मृत्यु भएसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ ।