शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका १५ सय १२ सहित देशभर थपियो २७ सय ५३ जना कोभिड संक्रमित, १७को मृत्यु

काठमाडौैं कार्तिक २२,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा थप २ हजार ७ सय ५३ जनामा कोभिड १९ संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ सय पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप २ हजार २ सय ६ जना कोभिड मुक्त हुँदै डिस्चार्ज भएसंगै कोभिडमुक्त हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ । त्यस्तै आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप १५ सय १२ जना संक्रमित थपिएको र यसमध्ये काठमाडौमा १ हजार २ सय ९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १ सय ४१ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमणका कारण थप १७ जना संक्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ भने आइसीयूमा ३६५ र ७६ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको  छ ।