शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका १४ सय ६८ सहित थप ३ हजार १ सय १४ जनामा कोभिड संक्रमण पुष्टि , २० को मृत्यु

काठमाडौं कार्तिक १८,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षणको क्रममा थप ३ हजार १ सय १४ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको जनाएको छ ।

त्यसैगरी देशभर थप ३ हजार १ सय ४२ जना कोभिड संक्रमण मुक्त हुँदै डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको जनाउदै मन्त्रालयले ३७२ जना संक्रमितको आइसीयूमा र ६८ जनाको भेन्टीलेटरमा उपचार भइरहेको जनाएको छ ।

यसैवीच आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकाका १४ सय ६८ जना रहेको र यसमध्ये काठमाडौंमा  १२ सय ४२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १ सय ६३जना रहेको जनाएकोछ ।

त्यस्तैगरि कोभिड संक्रमणका कारण देशभर थप   २० जना संक्रमितको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।