बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका १३३८ सहित थप २ हजार ९ सय ९ जनामा कोभिड संक्रमण , १८को मृत्यु

काठमाडौं कार्तिक २१,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोशालामा १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षणको क्रममा थप २ हजार ९ ससय ९ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ८३ सय पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ ।

त्यसैगरी थप ४ हजार ५ सय जना संक्रमित कोभिड मुक्त हुँदै डिस्चार्जभएसंगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइसीयूमा ३८० र भेन्टीलेटरमा ८३ जना उपचार भइरहेको मन्त्रालयले जनाउदै देशभर थप १८ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

त्यस्तैगरि आज पहिचान भएकf कोभिड संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप १३३८ जनामा संक्रमण देखिए मन्त्रालयले जनाएकोछ यसमध्ये काठमाडौमा १ हजार ३० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जना रहेको मन्त्रालयले जनाएको छ ।