शुक्रबार, चैत्र १६, २०८०

आज सीसीएमसीको बैठक बस्दै, बढ्दो कोभिड संक्रमण रोकथामका लागि नयाँ नीति अख्तियार गर्ने तयारी

काठमाडौं कार्तिक २३,

नेपालमा कोभिड भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोभिड रोग र यसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ ।

सर्वोच्च अदालतले कोभिडबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र [सीसीएमसी]को बैठक आइतबार बस्न लागेको छ ।

काठमाडौ उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “उपप्रधानमन्त्री संयोजक रहेको सीसीएमसीको बैठक आइतबार बस्दैछ, त्यसमा कोरोना सङ्कट व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ, सर्वोच्च अदालतले दिएको निर्देशनका विषयमा पनि छलफल हुनेछ ।

प्रमुख शाक्यले काठमाडौ उपत्यकामा अहिले पनि आइसोलेसन खाली छन्, त्यसको समस्या छैन, यस विषयमा कस्तो रणनीति लिने भनेर सो बैठकमा छलफल हुने जानकारी पनि दिए । उनले यस बैठकबाट कोरोना महामारीको सङ्कटलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले नयाँ रणनीति ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो । हाल काठमाडौ उपत्यकाका करिब १५ हजारभन्दा बढी कोभिड सङ्क्रमित घरमै एकान्तबसमा रहेको खवर आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ