बिहिबार, बैशाख १३, २०८१

आज काग तिहारसंगै धन्वन्तरि जयन्ती र धनतेरस पर्व मनाइँदै

काठमाडौं कार्तिक २८,

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्र्तगत आज काग तिहार  कागको पूजाआजा गरी मीठो मीठो खान दिएर मनाइदै छ । वर्ष ०७७को तिहार पर्वको क्रममा भएको तिथिको घटबढका कारण आज बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकै कारण आज विहान काग तिहार मनाउनु परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको प्रष्टाृक्ति रहेको छ

यमदुतको रुपमा समेत मानिने पंक्षी काग लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।  काग तिहारकै अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं। १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

त्यस्तै आजनै आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको स्मृतिमा सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि समेत जयन्ती मनाइँदैछ भने सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विस्वास सहित धनतेरस पर्व पनि मनाइदैछ । प्रस्तुत पर्व अन्र्तगत सुन चाँदीको गहना किन्ने हरुको लर्को समेत बजारमा देखिएको छ ।