शनिबार, बैशाख ८, २०८१

अल्पमत  र बहुमतको लामो रस्सा कस्सी पछि सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं कार्तिक २८,
सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी भित्र पछिल्लो समय मौलाएको अनेकन विवादसंगै अल्पमत बहुमतको लामो रस्सा कस्सी पछि आज सचिवालय बैठक बस्ने भएको छ ।
यसअघि मुलकको प्रधनमन्त्री समेत रहेको नेकपा अध्यक्ष समेत रहेका केपी ओलीले अर्का अध्यक्ष प्रचण्ड सहित बहुमत सचिवालय सदस्यको लिखत बैठक माग सम्बन्त्री पत्रको समेत उपेक्षा गर्दै बैठक बस्न आनाकानी गर्दै आएको थियो ।

तर पछि कार्यकारी अध्यक्ष प्रचण्डले आफूले कार्यकारी अधिकारको प्रयोग गरेर बैठक बोलाउने तयारी गरेपछि नेकपाका अध्यक्षद्दय ओली र प्रचण्ड’को सहमतिमा महासचिव विष्णु पौडेलले आजका लागि बैठक बोलाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा पनि पार्टीी भित्रको आन्तरिक विावद लागयतका विविध विषयगत एजेन्दामा छलफल हुने बताइएको छ ।