शुक्रबार, बैशाख ७, २०८१

अध्यक्षद्दयवीच चुलिदो विवादसंगै नेकपा सचिवालय बैठक आगामी १३ गते बस्ने

सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव विरुद्ध प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव ल्याउने

काठमाडौ मंसिर ३,
सत्तारुढ दल नेकपाका अध्यक्षद्दयवीच चुलिदो विवादसंगै आज बसेको सचिवालय बैठक १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । यसअघि अध्यक्षद्वयका वीच चलेको पत्र युद्धसंगै बैठक हुने कि नहुने भन्ने अन्यौलाताकावीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सचिवालय बैठक बसेको थियो

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र यसको लागि समय आवश्यक रहेको जनाउ दिदै मङ्सिर १३ गते बस्ने गरी आजको बैठक समापन गरिएको बताए ।

त्यस्तै बैठकले नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते ्बोलाउने आजको बैठकले निर्णय समेत गरेको बताए ।  साथै आजको बैठकमा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोपका विषयमा समेत छलफल भएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031