शुक्रबार, अशोज ८, २०७८

राजधानीमा सरकारको बदनियत चरित्र विरुद्ध नेविसंघको विरोध प्रदर्शन

अनुप प्रधान
काठमाडौं कार्तिक १६ , प्रमुख  प्रतिपक्षीदल नेपाली काँग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघले संघका नेता दिपक ओझाको रिहाईको माग गर्दै देशका विभिन्न स्थानमा विरोध र्याली निकाल्ने क्रमलाइ  निरन्तरता दिदै आएको छ । त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरी घाइते बनाएको घटनामा ओझा योजनाकार भएको भन्दै प्रहरीले झुठा मुद्धाको आरोप लगाउँदै नियन्त्रणमा लिएसंगै संघ आन्दोलित बनेको हो।

आन्दोलन विरोध प्रदर्शनकै क्रममा संघले आज भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै नेपाल विद्यार्थी संघले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रर्दशनको क्रममा नेविसंघले सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निशुल्क उपचार बन्द गरेको जस्ता आरोप सहितका प्लेकार्ड समेतको प्रदर्शन गर्दै केपी ओली नेतृत्वको   सरकारको चरित्र बुझ्न  जसमुदायलाइ आग्रह गरेका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031