बिहिबार, साउन १४, २०७८

भारतका स्थल सेनाध्यक्ष नरवणे ३ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

काठमाडौं कार्तिक १९ ,
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे ३ दिने औपचारिक भ्रमणमा आज भारतीय वायुसेनाको विशेष विमानबाट संघीय राजधानी काठमाडौं आउँदै छन ।

नेपाल भ्रमणको क्रममा राष्ट्रपति भण्डारीसँग र शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । नरवणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहनुको अलावा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै द्विपक्षीय भेटका क्रममा सेनाध्यक्ष नरवणेले मोबाइल अस्पताल, एम्बुलेन्सलगायत सामग्री भारतीय सेनाध्यक्षबाट हस्तान्तरण हुने कार्यक्रम संगै सेनाध्यक्ष नरवणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीलाई सम्बोधन गर्ने र र सोहि दिन स्वदेश फर्कने कार्यक्रम रहेको बताईएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031