आइतवार, साउन १०, २०७८

पार्टीप्रतिको बढ्दो मोहका कारण राष्ट्रपति भण्डारी फेरि विवादमा

काठमाडौं कात्तिक १८,

सत्तारुढ दलनेकपा भित्र पछिल्लो समय मौलाएको विवाद समाधान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छिन् । यसअघि पनि पटकपटक राष्ट्रपति जस्तो गरिमामय र उच्च पदमा आसिन व्यक्तिले सत्तारुढदल भित्र मौलाएको विवादको सम्बोधनार्थ मंगलबार नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेसंगै विगतमा जस्तै फेरि पुन राष्ट्रपति विद्या भण्डारी फेरि विवादमा तानिनुको अलावा  सत्तारुढ नेकपाको आन्तरिक राजनीतिभन्दा माथि उठ्न नसकेको भन्दै राष्ट्रपति भण्डारीको चौतर्फी आलोचना शुरु भएको छ।

स्रोतका अनुसार आजको भेटमा यो वा त्यो नाममा नेकपा फूटको संघारमा पुग्दै गरेकोमा चिन्त्तित हुँदै नेताहरुवीच जारी विवाद मिलाउन मध्यस्थकर्ताको भूमिका खेल्न राष्ट्रपति भण्डारीले गौतमलाई निर्देशन दिनुभएको बुझिएको छ ।

त्यस्तै नेता गौतमले आफू सँधै पार्टी एकताको पक्षमा रहेकाले आफ्नो तर्फबाट हरसंभव प्रयास गर्दै पार्टी एकताबनाइ राख्न भूमिका खेल्ने बताउनुभएको बुझिएको छ।

शनिबार नेकपाका अध्यक्षद्दय केपी ओली र प्रचण्डबीच भएको  तनावपूर्ण संवाद पछि महासचिव विष्णु पौडेलले नेकपा एकीकृत अस्तित्व संकटमा परेको बताएका थिए । त्यसपछि पनि विवाद समाधानमा कतैबाट पनि ठोस पहल नभएकै बेला राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमसँग भेट गर्दै पार्टीभित्रको विवाद मिलाउन निर्देशन दिएसंगै राष्ट्रपति भण्डारी विवाद तानिनुको साथै उहाँको पार्टी प्रतिको मोहका कारण राष्ट्रपति पदको गरिमामानै स्खलन आएको विश्लेषकहरुले बताएका छन । हुनत यसअघि पनि नेकपाको मौलाएको कुनै पनि तनावमा चासो राख्दै आएकी राष्ट्रपति भण्डारीले  ओली र प्रचण्डबीच यसअघि सिर्जित विवादमा समेत  मध्यस्थताको भूमिका खेलेकी थिइन ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031