सोमवार, साउन ११, २०७८

घुस रकम सहित बेलकोटगढी नगरपालिकाका इञ्जीनियर पौडेल रङ्गेहात पक्राउ

काठमाडौं कार्तिक २२ ,
नुवाकोटको बेलकोटगढी नगरपालिका इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट  रङ्गेहात पक्राउ गरेको छ ।

आयोगद्दाराजारी विज्ञप्तिमा घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित निजका मतियार बेलकोटगढी नगरपालिका–८ का व्यवसायी नारायण भट्टलाई पनि पक्राउ गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारस्थित काउण्टर चोकबाट सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको रु ७५ हजार बरामद भएसँगै पक्राउ गरिएको र जिहहरुउपर विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात मुद्दा दायर गर्ने उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031