शनिबार, कार्तिक ६, २०७८

उपत्यकाका ३ सय ३९ सहित थप ५०२ जनामा कोभिड संक्रमण पुष्टि, थप १७ को मृत्यु

काठमाडौं मंसिर २,
पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न प्राृगशालामा ३ हजार १ सय १२ वटा नमुना पीसीआर परीक्षणको क्रममा थप ५०२ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

त्यस्तै आज थप २ हजार ८ सय ७८ जना संक्रिमित उपचारपछि डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या १ हजार ३ जना रहेको छ भने थप १७ जनाको संक्रमणका कारण् मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार मंगलवार उपत्यकाका थप ३ सय ३९ जनामा कोभिड संक्रमण देखिएको हो । यसमध्ये काठमाडौमा २८९ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ३८ जना गरी कुल ५ सय १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031