मङ्लबार, जेष्ठ १०, २०७९

आज यमपञ्चकको चौथो दिन गाई, गोरु संगै गोवर्द्धन पर्वतको पूजा गरि मनाइदै

कसैलै लक्ष्मी पूजा शनिवार मनाए कसैले सोआज मनाउदै , आत्मा पूजा पनि दुइ दिन

काठमाडौं कार्तिक् ३०, आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गोवद्र्धन ,गाइ र गोरुको पूजा आजा गरी मनाइँदैछ । आजैको दिन नेवार समुदायले आफ्नो आत्मा पूजा गरी अर्थात म्ह पूजा गरी आजको पर्व मनाउने गरिन्छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । त्यस्तै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

यसैगरी वर्षभर गोरु जोत्ने एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।

गाई पूजा : आमाले खुवाएको दूध जत्तिकै पौष्टिक गाएको दुधबबाट प्राप्त हुने भएकोलेनै आजको दिन गाईलाई गौमाताको सम्मान सहित पूजा अर्चना गर्ने गरिएको हो । साथै मानव चोलाको  जन्मदेखि मृत्यु संस्कारसम्म पनि गाइको दूध, गहुँत र गोबरका प्रचलनका कारण पनि गाइको महत्व रहेको पाइन्छ । यसअर्थमा पनि रगाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धताका साथैसाउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने सधैँ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

गोरु पूजा :  वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइने गरिन्छ ।

धार्मिक आख्यान अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको स्मरणमा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मगुरुहरुले बताएका छन ।

यसैवीच नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार शास्त्रसम्मत निर्णयअनुसार आइतवार नै आत्मपूजा गर्नपर्ने बताए पनि शनिवार लक्ष्मी पूजा गर्ने नेवार समुदायले आज र आइतवार लक्ष्मी पूजा गर्ने समुदायले सोमवार आत्मा पूजा गर्ने भएको छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031