शनिबार, बैशाख ८, २०८१

प्र.म ओलीको शुभकामना सन्देशमा नेपालको निशानमा नयाँ नक्साको सत्ता पूरानो नक्सा छापिएपछि

काठमाडौ कार्तिक ७,

प्रधानमन्त्री केपी ओलीले दसैँको शुभकामना सहित जारी गरेको सन्देशमा प्रयोग गरिएको नेपालको निशानमा पुरानो नक्सा छापिएको छ। जहाँ नयाँ गायब भएको छ । देशको कार्यकारी प्रमुखले यस्तो सन्देश प्रवाह गर्दा ध्यान दिनु पर्ने होइन ? वा  रअ’ प्रमुखलाई भेटेको भोलिपल्टै नक्साबाट लिम्पियाधुरा गायब ? भएको हो भने जस्ता अनेकन  प्रश्न सहित  जानाजाननै यो गरिएको हो त्यसको जवाफ जनजनले खोजिरहेका छन्।

भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सालाई संविधान संशोधन गर्दै संघीय संसदले अनुमोदन समेत गरिसकेको अवस्थामा मुलुकका कार्यकारी प्रधानमन्त्रीको शुभकामना सन्देशमा नयाँ नक्साको सत्ता पूरानो नक्सानै छापिनुले चौतर्फी अनेकन आशंका गरिएकोछ ।

यसैक्रममा  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय@PM_Nepal ? गम्भीर विमती दर्ज होस् !  देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ? भन्दै टिप्पणी गरेका छन ।