शनिबार, बैशाख ८, २०८१

महासंघलाई गुर्जोको विरुवा र २ सय प्याकेट भन्दा बढि चियापत्ती हस्तान्तरण

काठमाडौ असोज २६,
पछिल्लो समय बढ्दो कोभिड महामारीको रफ्तारसंगै फन्टलाइनमा क्रियाशील पत्रकार जगत पनि कोभिड संक्रमणको जोखिममा पर्ने क्रम बढ्दो रहेको छ । प्राप्त जानकारी अनुसार उपत्यका लगायत देशैभर २ सय भन्दा बढि पत्रकारहरु कोभिड संक्रमणमा परेको छ भने २ जनाको मृत्यु समेत भएको छ ।

हो यसै विषम अवस्थालाइ दृष्टिगत गर्दै पत्रकारको सुस्वास्थ्यका लागि पत्रकारको प्रयोजनार्थ बहुउपयोगी एक क्रेट गुर्जोको विरुवा रोपणको लागि र यसबाट बनेको २ सय प्याकेट भन्दा बढि चियापत्ती एवम गुर्जो चुर्ण सेवनको लागि आज एक कार्यक्रमकावीच आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख समेत रहेका गुर्जो अभियन्ता कमल बहादुर राजलवट र गुर्जो वितरण अभियानका सदस्य मनोज शाहले नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाइ हस्तान्तरण गर्नुभएको छ ।

त्यसअवसरमा महासंघमा उपस्थित एकदर्जन भन्दा बढि पत्रकारलाइ समेत चियापत्ती वितरण गर्दै अभियन्ता राजलवटले यसको प्रभावकारिताको विषमा प्रकाश पार्नु भएको थियो ।

पत्रकार महासंघ उपत्यका प्रदेश समितका महासचिव श्रीजन झाको समन्वयमा  भएको उक्त कार्यक्रममा गुर्जो अभियन्ता राजलवटबाट प्राप्त विरुवा र चियापत्ति गुर्जो स्वीकार गर्दै सेवाबभाव सहित गुर्जोका विरुवा नि:शुल्क वितरण गर्ने अभियानमा लाग्नुभएका राजलवटलाई महासंघका महासचिव विष्टले धन्यबाद ज्ञापन गर्दै जारी अभियानलाइ महासंघको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै उहाँले अव यसको राज्यका नियमक नियकाबाट परिक्षण् गर्न लगाउदै यसको थप आधिकारिकता पुष्टि गर्दै कोभिड महामारी भएको अन्य मुलुकमा समेत निर्यात गर्ने वातावरण बनाउन समेत महासचिव विष्टले सुझाव दिदै जारी अभियानको सफलताको कामना गर्नभएको छ ।  त्यस्तै अभियानका सदस्य मनोज शाहले पनि गुर्जो चिया सेवनबाट प्राप्त फाइदाको विषयमा बताउदै सेवनको लागिआग्रह गर्नु भएको थियो ।

यसैवीच आजै अभियानको तर्फबाट चन्दागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि त्यस्तै गरि महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी प्रमुख समेताइ पनि गुर्जो चुर्ण, चियापत्ती उपलब्ध गराईएको अभियानका सदस्य मनोज शाहले जानकारीदिनु भयो ।