शुक्रबार, बैशाख ७, २०८१

बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै यत्र ,तत्र सर्वत्र पुन लकडाउनको आवश्यकता महसुस

तत्काल निर्णय नलिने हो भने -स्थितीलाइ नियन्त्रण लिन मुस्किल

काठमाडौ असोज १८,

उपत्यका लगायत देशैभर बढ्दो कोभिड संक्रमितका कारण स्थिती दिनानुदिन भयावह भन्दै गएसंगै यत्रतत्र सर्वत्र पुन लकडाउनको आवश्यकता महसुस गरिएको छ। त्यस्तै शनिबारको कोभिड मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले अत्यावश्यक काम नपरी काठमाडौँ नआउन आम सर्वसाधाणलाई आग्रह गर्दै जो जहाँ छ त्यहि बस्नका लागि गरिएको आग्रहले पनि लकडाउनको आवश्यकतालाइ मुखरित गरेको सहजै वोध गर्न सकिन्छ ।

त्यसो त आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री भानुभक्त ढकाल समेतको उपस्थितीमा भएको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकमा सम्वद्ध चिकित्सकहरुले कोभिड संक्रमितको पछिल्ले रफ्तालाइ विश्लेषण गर्दै पुन लकडाउन गरि अहिलेको अवस्थालाई नियन्त्रणमा नलिने हो भने भोलीका दिनमा थप भयावह अवस्था सिर्जना हुने जनाउ दिदै तत्काल लकडाउनको गर्नुको विकल्प नभएको जिकिर गर्दै दिएको सुझावले पनि स्थितीको विकरालता देखिएको छ । तर बैठकमा विभागीय मन्त्री ढकालले प्राप्त सुझव सहित प्रधानमन्त्रीसंग छलफल गर्ने र उस सम्बन्धमा आवश्यक निर्णय लिइने  बताउनुभएको बैठकमा सहमभागी  चिकित्सकहरुले बताएका छन ।  त्यसो त प्रम सचिवाल समेत संक्रमणको जोखिममा परेसंगै प्रधानमन्त्री ओली स्वयम पनि बन्दाबन्दीको आदेश जारी गर्ने मनस्थितीमा पुगेको थाहा भएको छ ।

त्यस्तै सम्बन्धी चिकित्सकहरुले पछिल्लो समय अभिव्यक्त अभिव्यक्ति अनुरुप कोभिडका विरामीले राजधानीका सबै अस्पताल भरिभराउ रहेको र यसवीचमा आम सर्वसाधारण देखि भिआईपी मात्रै नभइ अस्पतालमा कार्यरत चिकित्सक नर्स तथा प्यारामेडिक्स र अन्य सहयोगी गरी ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमणमा पर्दै जानु आफैमा भयावह स्थितीको सूचकभएको बताउदै सरकारले तत्काल कुनै निर्णय नलिने हो भने स्थितीलाइ नियन्त्रण लिन नसकिने चिकित्सकवृतबाट आएको सूचक आफैमा कहालीलाग्दो रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930