शुक्रबार, चैत्र १६, २०८०

प्रदेश ५ को नाम र राजधानी तोकियो. सोमबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने

प्रदेश सरकारको निर्णय प्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असहमति सहित आन्दोलनको घोषणा

काठमाडौं असोज १६,
प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बनाउन प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुबाङ राख्न प्रस्ताव पेश गरेको हो ।

बैठकमा प्रदेशको नाम र राजधानी प्रस्ताव गर्ने क्रममा मन्त्री केसीले गौतम बुद्धको पहिचान जोडिएको लुम्बिनीलाई प्रदेशको नामकरण गर्ने र प्रदेशका सबै क्षेत्रका जनतालाई पायक पर्ने गरी दाङको भालुबाङलाई राजधानी बनाउन प्रदेश सरकारले प्रस्ताव गरेको जनाउ सहित प्रदेश सरकार गठन भएको करिव ३ वर्षको अन्तरालमा प्रस्तुत प्रस्ताव गरेको हो ।

यद्यपी प्रदेशको नामाकरणको सवालमा सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच सो नाममा सहमति भएसंगै प्रदेश ५ मा परिपत्र गरिएको बुझिएको छ । परिपत्र गरेको केही समयपछि प्रदेश मन्त्रिपरिषद्को बैठक बसेर  प्रदेशको नामाकरण राजधानीको विषयमा नितिगत निर्णय गरेको हो । यद्यपी प्रदेश सभाको सोमबार बस्ने बैठकले यसबारे औपचारिक निर्णय गरेपछि कार्यान्वयनमा आउनेछ ।

आन्तरिक मामिला मन्त्री केसीले प्रदेश सरकारको प्रदेश सभामा प्रस्तुत उक्त प्रस्तावमा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीको रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामांकन गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्दछु भनिएकोछ ।

 यसैवीच प्रदेश ५ सरकारले स्थायी राजधानी प्रदेश नामाकरणको विषयमा  गरेको  निर्णय प्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असहमति जनाउदै  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ । पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले शुक्रबार विज्ञप्ति जारी गर्दै तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी सार्न नदिन सडक र सदनबाट आन्दोलनको घोषणा गरेको हो ।