शनिबार, बैशाख ८, २०८१

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा राखियो गजुर [फोटो फिचर]

काठमाडौं असोज १५,
राजधानीको ऐतिहासिक रानीपोखरीको विचभागमा रहेको नवनिर्माणाधीन बालगोपालेश्वर मन्दिरमा विहिवार गजुर प्रतिस्थापन गरिएको छ । २०७२ को महाभूक्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुर्न निर्माणकार्यले ५ वर्षको अन्तरालमा पूर्णता पाउँदै आएकोछ ।

यसवीचमा रानीपोखरीको पुनःनिर्माण गर्ने सवालमा कहिले पुरातत्व विभागसँग त कहिले काठमाडौं महानगरवीच आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएसंगै कार्य सम्पन्न्नताको संघारमा रहेको अवस्था छ ।

त्यस्तै विहिवार राखिएको ताबाट निर्मित १२३ किलो ग्रामको मुख्य गजुर गजुरको बाहिरी आवरणमा सुनले लेपन गरिएको हो । यसवीचमा आसन्न दशैँअघि नै उद्घाटन गर्ने योजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बनाएको र सोहि अनुरुप सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।