शुक्रबार, चैत्र १६, २०८०

५ न प्रदेशको नामाकरण र राजधानीको विषयगत प्रस्ताव माथि छलफल हुँदै

प्रदेश सरकारको  प्रस्ताव विरुद्ध चौतर्फी विरोधका आवाज सहित आन्दोलनको उद्घोष

काठमाडौं असोज १९,

५ न प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रदेशको नामाकरण राजधानीको विषयगत प्रस्ताव माथि आजदेखि प्रदेश सभामा छलफल सुरु हुँदैछ ।प्रस्तुत प्रस्तावमा सांसदहरुले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश गर्दै पास गर्ने तयारी प्रदेश सरकारको रहेको थाहा भएको छ । गत शुक्रबार प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो ।

प्रस्तुत प्रस्ताव पास हुनका लागि प्रदेशसभामा रहेका ८७ जना सांसदमध्ये ५८ जनाको मत निर्णयक रहन्छ । प्रदेशसभामा स१ारुढ नेकपाको ६१ जना सांसद रहेका छन । सबै सांसदले सरकारको प्रस्तावको पक्षमा मतदान गरेमा प्रसतुत प्रस्ताव सहजै पारित हुन्छ । तर सवैले मतदान गर्ने संभावना न्यून रहेको र केन्द्रीय सकुर्लर समेको अवज्ञा हुने संभावना रहेको दावी सहित काँग्रेसका एक सासंदले भने नेकपाका सवै सासंदले आत्माघाती निर्णय गर्छ भन्ने आफुलाइ नलागेको र यसवीचमा विद्रोह गर्ने सासंदले आफ्नो कित्ताकाट गर्ने दावी गरेका छन ।

यसैवीच स्थायी राजधानीको विषयलाई लिएर प्रतिपक्षी नेपाली काग्रेस सडक आन्दोलनमा होमिएको छ । आन्दोलनकै क्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि आन्दोलनकारीले आइतवार ढुंगा प्रहार गर्दै विरोध गरेका थिायो । त्यस्तै आज आन्दोलनमा उत्रेका रुपन्देहीका व्यवसायिक संघसंस्था सहितको संयुक्त संघर्ष समिति र कांग्रेसले संसद भवन घेराउको कार्यक्रम राखेको बुझिएकोछ ।