बिहिबार, बैशाख १३, २०८१

१२ संक्रमितको मृत्युसंगै नेपालमा कुल कोभिड संक्रमितको संख्या १ लाख २९ हजार नाघ्यो

काठमाडौ कार्तिक १,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १५हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा थप ३ हजार १ सय ६७ जनामा कोभिड संक्रमण पुष्टि भएकोछ । योसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको मन्त्रालयले जनाएकोछ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १ हाजार ८ सय जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुने संक्रमितको कुल संख्या ८९ हजार ८४० पुगेको छ । त्यस्तै गरि देशभरका क्वारेनटिनमा ४ हजार ७ सय १५ जना , होम आइसोलेसनमा २५ हजार ४३८ जना, रु संस्थागत आइसोलेसनमा १३ हजार २ सय ९९ रहेको मन्त्रालयले जनाएकोछ।

साथै देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ ।