शुक्रबार, चैत्र १६, २०८०

सामाजिक सञ्जाल ईमो मार्फत ठगी गरेको अभियोगमा कामती पक्राउ

काठमाडौ असोज २७,

सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी ठगी गरेको अभियोगमा सिरहा, सिरहा नगरपालिका बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले रकम लिई हिँडेको अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीका अनुासर शनिबार राति ईटहरि उपमहानगरपालिका९२ बस्ने २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी तपाईले २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँ पुरस्कार जित्नुभएको छ भन्दै नेपाल सरकारलाई टयाक्स वुझाउन भनि आईएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।  त्यस्तै उनी उपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।