शुक्रबार, बैशाख १४, २०८१

सामाजिक संजाल प्रयोग गरी लाखौं रकम ठगी गर्ने सिता पक्राउ

काठमाडौ असोज २०,

महानगरीय अपराध महाशाखाले सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका ११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा नामबाट साथी बनाई विवाह गर्छु सुनको सिक्री, आईफोन र २० हजार डलर गिफ्ट पठाएको छु भनि प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भुषाललाइ पक्राउ गर्दै आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।