शनिबार, बैशाख ८, २०८१

सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता सुरु

[ फाइल फोटो ]

काठमाडौं  असोज २२,
सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता सुरु भएको छ । बुधवार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेलगत्तै अहिले शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

डा केसीसँग वार्ताको लागि सरकारका तर्फबाट वार्ता समितिका शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित समितिका सदस्य स्वास्थ्य मन्त्रालयका सह–सचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सहभागी रहेका छन ।
त्यसतै डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी रहेका छन ।

डाक्टर केसीले समग्रस्वास्थ्य क्षेत्रको सुधारका लागि प्रस्तुत गर्नु भएको ६ बुँदे चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग केन्द्रीत हुँदै वार्ता हुने बताईएको छ।

प्रस्तुत माग सम्बोधनका लागि डा केसी १९ औं पटक अनसनमा बसेको आज २५ दिन पुगिसकेको छ । उनको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गरेका छन् ।