शुक्रबार, बैशाख ७, २०८१

सरकार ! बंगलादेश र भारत सरकारले उपलब्ध गराएको ७ हजार भाइल ‘रेमडिसिभिर’इन्जेक्शन  पनि सकिएकै होत ?

  • सरकारले भन्यो –  रेमेडिसिभर चाहिए आयातकर्तालाइ सम्पर्क गर्नु 
  • आयातकर्ता भन्छ रेमेडिसिभर’इन्जेक्शनको मौज्दात आफुहरुसंग छैन
  • औषधि बजारमा रेमेडिसिभर’इन्जेक्शनको सर्टेज,
  • गम्भीर अवस्थामा पुगेका कोभिडका विरामी उपचार नपाइ मृत्यु वरण गर्न बाध्य हुने अवस्था सिर्जना हुँदै 

काठमाडौं असोज ३०,
उपत्यका लगायत देशैभर बढ्दो कोभिड संक्रमितको सख्या संगै संक्रणका कारण गम्भीर भएका विरामीका लागि प्रयोग हुँदे आएको रेमडिसिभिर’इन्जेक्शन  को खपट ह्वात्तै बढेको छ । एकातर्फ रेमडिसिभिरको बड्डो मागसंगै सरकारले आज एक सूचना जारी गर्दै नेपालमा प्रस्तुत इन्जेक्शन आयत गर्न अनुमति प्राप्त गरेको कम्पनीलाइ सम्पर्क गर्न भनेको छ । त्यस्तै जारी सूचनामा यसअघि आयत गरिएका इनजेक्शन नेपाल स्वास्थ्य अनुसन्धान परिषदमार्फत क्लिनिकल ट्रायलका लागि उपलव्ध गराउनु पर्ने व्यवस्थालइ परिमार्जित गर्दै अव आयातकर्ता आफैले बजारमा उपलव्ध गराउन सक्ने गरी अनुमति दिएको उल्लेख गरिएको छ । त्यस्तै चिकित्सकको सिफारिसमा आवश्यक परेको ठाँउमा वितरण गर्न सक्ने व्यवस्था सहित औषधि आयात गर्न सकिने जनाएको छ।

सरकारले उक्त औषधि आयात गर्न अनुमति दिएका ३ आयातकर्ता कम्पनी क्रमस यति फर्माकेम डिस्ट्रीव्युटरर्स , सिनर्जी ओभरसिज र भिगोविस लाइफस सान्इस रहेका छन । सरकारको तर्फबाट जारी सूचना संगै आयातकर्ताकम्पनीले भने आफुहरुले ल्याएको पहिलो लट सकिएको र दोस्रो लटका लागि ल्याउने प्रक्रिया शुरु भएकोले रेमडिसिभिर’ इन्जेक्शन नेपाल आइपुग्न केहि समय लाग्ने तत्काल आफुहरुसंग मौज्दात नभएको बताएका छन ।

यसवीचमा सरकारको तर्फबाट जारी सूचनाको मर्म र आयतकर्ताको प्रस्तुत भनाइका् विश्लेषण गर्ने हो भने अवका दिनमा  कोभिड–१९ का सङ्क्रणका कारण गम्भीर अवस्थामा पुगेका विरामी उपचार नपाइ मृत्यु वरण गर्न बाध्य हुने अवस्था देखिएको छ । आयातकर्ताले अफुसंगै रेमडिसिभिरको मौज्दात नहरेको बताउँदै आयात गर्न एकसाता भन्दा लामो समय लाग्ने बताउनुले स्थिती थप नाजुक बनेको छ ।

यसवीचमा आयातकर्ताले आयात गरेको इन्जेक्शन सकिएपनि गत भाद्र २७ गते बंगलादेशले सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको ५ हजार भाइल ‘रेमडिसिभिर’इन्जेक्शन  त्यस्तै गरि गत भाद्र ३० गते भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको २, हजार भाइल ‘रेमेडिसिभर’इन्जेक्शनको प्रयोग काँहा र कति भयो भन्ने जिज्ञासा सिर्जना हुनु स्वभाविक मान्न सकिन्छ ।

आजको मिति सम्म उपचार पछि डिस्चार्ज हुनेको सख्या ८८ हजार ४० पुगको अवस्थामा सवैलाइ प्रयो गरेको हो कि वा भिभिआपी प्रयोगका लागि सरकारले ७ हजार भाइल रेमेडिसिभर’इन्जेक्शन स्टक राखेको  हो आज जनजनले सोध्न बाध्य बन्दै गएको छ । त्यस्तै पछिल्लो समय औषधि बजारमा रेमेडिसिभर’इन्जेक्शनको सर्टेज भएको अवस्था छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930