बुधबार, बैशाख १२, २०८१

सबै तहको परीक्षा सञ्चालन गर्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं असोज २२ ,

मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सबै तह र प्रकृतिका परीक्षाहरू सञ्‍चालन गर्न सैद्धान्तिक अनुमति दिने निर्णय गरेको छ।नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएका जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डहरू पूर्णरूपमा पालना गर्ने गरी परीक्षासम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद् तथा शिक्षण संस्थाहरूलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरू सञ्‍चालन गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता परराष्‍ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मप बैठकको निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभएकोहो ।

त्यस्तै बैठकले व्यावसायिक तालिम प्रदायक संस्थाहरूलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्‍चालन गर्न अनुमति दिने प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले पारित गरेको जानकारीदिदै सरकारका शिक्षा मन्त्रालयकै प्रस्तावमा शिक्षक सेवा आयोगमा रिक्त रहेको अध्यक्ष र एकजना महिलासहित अन्य दुईजना सदस्यहरूको नियुक्ति गर्न लोक सेवा आयोग अध्यक्षको अध्यक्षतामा एक सिफारिस समिति गठन गर्ने निर्णय गरेको जानकारीदिनुभयो । समितिको सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहने छन्।