शुक्रबार, चैत्र १६, २०८०

शक्तिपिठमा भिडभाड नर्गन जारी सर्कुलरको सर्वत्र आलोचना

संक्रमणको नाममा धार्मिक क्षेत्रमा नियोजित वलात हस्तक्षेप भएको सरोकारवालाको ठहर 

काठमाडौं असोज ३०,

उपत्यका लगायत देशैभर कोभिड संक्रमको जोखिम कायमनै रहेका कारण दसैंको समयमा शक्तिपिठमा पूजा अर्चनाका क्रममा अनावश्यक भिडभाडका कारण संक्रमणको जोखिम उच्च रहने भन्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले भक्तपुर जिल्ला भित्र रहेको शक्तिपिठमा नित्यपूजा वाहेक बलिपूजा र दर्शनको नाममा कुनैपनि कामकारवाही नर्गन भनेको छ।

यसअघि सरकारले दसैंको समयमा शक्तिपीठहरुमा भीडभाड नगरी नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै जारी गरेको सर्कुलरमा संक्रमणको जोखिम कायमै रहेका कारण ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई शक्तिपीठमा भीडभाड हुन नदिन परिपत्र गरेको हो ।

स्थानीय प्रशासनको यस किसिमको निर्णय सार्वजनिकभएसंगै विश्वहिन्दु महासंघ लगायतका धार्मिक संघ संस्थाले सरकारको नियतीको आलोचना गर्दै कोभिड संक्रणको जोखिम भएको भए बन्दाबन्दी गर्न चुनाती दिदै एकातर्फ बजार पसल खुला गर्ने सार्वजनिक यातायात खुला गर्ने ,हजारौँ मानिस भेला गरेर राजनीतिक दलका आमसभाहरु गर्ने तर ‘हिन्दू र बौध धर्मका मठमन्दिरको दर्शनमा प्रतिबन्ध लगाउने सरकारको रवैया किमार्थ स्वीकार्य नभएको जनाउ सहति सरकारले नियोजित रुपमा संक्रमणको नाममा धार्मिक क्षेत्रमाथि वलात हस्तक्षेप गर्दै आएको बताएका छन ।