शुक्रबार, चैत्र १६, २०८०

वैकल्पिक सुरक्षित व्यवस्थासहित  संक्रमितलाइ पनि परीक्षामा सहभागी गराउन आयोगलाइ सर्वोच्चको कडा आदेश

काठमाडौं असोज २९,
सर्वोच्च अदालतले लोकसेवा आयोगलाई कोभिड संक्रमितको समेत परीक्षा लिन आदेश दिएको छ । लोकसेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा  सञ्चालन तथा व्यवस्थापन[सम्बन्धी मापदण्ड, २०७७] जारी गर्दै परीक्षार्थी आफूले कोभिड– १९ को संक्रमणबाट संक्रमित भए–नभएको स्वयंले घोषणा गर्नुपर्नेछ ।

संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाइने जनाउ सहितको सूचना जारीगरे पछि अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरसमेतले यो विषयमा बुधबार रिट दायर रिटको सनवाइ गर्दै बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले ‘सबै परीक्षार्थीलाई र परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने व्यक्तिले सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नु–गराउनू तथा स्वघोषित संक्रमित व्यक्तिहरूलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न,’ आदेश दिएको हो ।

त्यस्ते कोभिड संक्रमण भएकै कारण परीक्षा दिनबाट वञ्चित गराउन नमिल्ने भन्दै जारी आदेशमा यस्तो महामारीको समयमा परीक्षा सञ्चालन हुन गइरहेको अवस्थामा लोकसेवा आयोगको मापदण्डले संक्रमित व्यक्तिहरू मात्र परीक्षा दिनबाट वञ्चित भई उनीहरूको संविधानप्रदत्त पेसा–रोजगार गर्न पाउने हक, स्वास्थ्य अवस्थाको आधारमा विभेदविरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको अधिकारको समेत उल्लंघन हुने भनिएको छ ।