शनिबार, बैशाख ८, २०८१

वर्ष ०७७ विजयादशमी टीकाको शुभ साइत कात्तिक १० गते विहान १०:१९ बजे

काठमाडौ कार्तिक ८,
कोभिड कहरकावीच मनाउदै गरेको वडा दशैँको विशेष दिन अर्थात विजयादशमीको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०:१९ बजे र देवी विसर्जनको साइत पनि बिहान १० :११ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यद्यपी सोमवार  दिनभर नै टीका लगाउनु सकिने समितिले जनाएको छ ।

त्यस्तै बडादसैंअन्तर्गत आज महाअष्टमी पर्व मनाइएको छ भने आइतवार  शक्तिपीठमा पूजा आराधना सहित महानवमी पर्व मनाइने छ ।