बिहिबार, चैत्र १५, २०८०

ललितपुर जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने सवै सेवा स्थगन

काठमाडौं कात्तिक १,
जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लामा बढ्दोका कोभिड संक्रमणको जोखिमसंगै जिल्लाभित्रका सबै सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु अर्को व्यबस्था नभएसम्म स्थगित गरेको छ ।प्रशासनले  शुक्रवार  एक सूचना जारी गर्दै संक्रमण जोखिमलाई ख्याल गर्दै अर्को सूचना नआएसम्मका लागि जिल्लाभित्रका मालपोत नापी लगायतका निकायबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको जनाएकोछ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको हस्ताक्षरमा जारी उक्त सूचनामा जिल्ला संकट व्यवस्थापन केन्द्र, सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, अत्यावश्यक सेवा बाहेकका जिल्ला प्रशासन कार्यालयबाट दिइने नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य पनि बन्द गरिएको उल्लेख गरिएको छ।

यद्यपी शान्ति सूरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन्धी सेवा, विपद व्यवस्थापनसम्बन्धी सेवा मात्र नियमित सञ्चालन रहने प्रशासनले जनाएको छ ।