शुक्रबार, बैशाख ७, २०८१

लक्षण नदेखिएका कोभिड संक्रमितको फोक्सोमा ग्राउन्ड ग्लास ओपासिटी’हुँने विज्ञरुको जनाउ

एजेन्सी /काठमाडौ कार्तिक १,
कोरोना भाइरसको संक्रमण भएका सबैमा लक्षण देखिँदैन। विभिन्न अध्ययनअनुसार संक्रमितमध्ये झन्डै ४० प्रतिशत मानिसमा कुनै लक्षण देखिएको छैन। कोरोना संक्रमण भए पनि कतिलाई ज्वरो आउँदैन, खोकी लाग्दैन, सास फेर्न गाह्रो हुँदैन। तर यस्ता बिरामीले आफूलाई कोभिडले केही गरेको छैन भनेर सोच्नु गलत हुने विज्ञले चेतावनी दिएका छन्।

किनकी कोभिड संक्रमण भएका तर लक्षण नदेखिएका मानिसमध्ये धेरैको फोक्सोमा क्षति पुगेको अध्ययनबाट पत्ता लागेको छ। क्यालिफोर्नियास्थित स्क्रिप्स ट्रान्सलेसनल रिसर्च इन्स्टिच्युटका अनुसार लक्षण नदेखिएका संक्रमित व्यक्तिको फोक्सो परीक्षण गर्दा बादलजस्ता सेता प्याच देखापरेका हुन्। यसलाई चिकित्सकीय भाषामा ‘ग्राउन्ड ग्लास ओपासिटी’ भनिन्छ।

लक्षण नदेखिएका संक्रमितमा गरिएका चारवटा अध्ययनले आधाभन्दा धेरैको फोक्सोमा यस्तो देखाएको अनुसन्धातकर्ताले बताएका छन्। डायमन्ड प्रिन्सेस पानीजहाजमा यात्रा गरेका ७ सय १२ जनालाई कोभिड संक्रमण भएको थियो। जसमध्ये ३ सय ३१ जनालाई कुनै लक्षण देखिएका थिएनन्। तीमध्ये ७६ जनाको फोक्सो परीक्षण गर्दा आधाभन्दा धेरै जनाको फोक्सोमा क्षति भएको पाइएको अनुसन्धानकर्ताले बताएका छन्।
फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका प्राध्यापक डा। एलिन मार्टी भन्छिन्  कुनै लक्षण नभएका ६७ प्रतिशत संंक्रमितको फोक्सो सिटी स्क्यान गर्दा क्षति भएको पाइयो। यसबाट के बुझिन्छ भने कोभिडबाट बच्ने सतर्कतामै बढी ध्यान दिन जरुरी छ। जस्तो : मास्क लगाउने, व्यक्तिव्यक्तिबीच कम्तीमा ६ फिट दूरी कायम गर्ने, शंकास्पद वस्तु छोएपछि साबुनपानीले राम्रोसँग हात धुने सुझाएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930