बिहिबार, बैशाख १३, २०८१

रानीपोखरीको औपचारिक उद्घाटनपछि आसन्न भाइटिका पर्वमा सर्वसाधारणका लागि खुला गरिने

काठमाडौं असोज २४,
०७२ को महाभूकम्पका कारण क्षति ग्रस्त राजधानीको रत्नपार्क स्थित ऐतिहासिक रानीपोखरीको ढिलैभएपनि पुनःनिर्माण सम्पन्न भएपछि दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको  छ ।  त्यस्तै प्राधिकरणले उद्घाटन पछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि खुला हुने समेत जनाएको छ ।

तिहार पर्व अन्र्तगत भाइटिकाका दिन दिदीबहिनी नहुनेका लागि रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको दर्शन सहित टीका लगाउने गर्दछन् । तर मन्दिर पुनःनिर्माणका कार्य सम्पन्न नभएका कारण भूकम्पपछि पाँच वर्षको तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गराउने व्यवस्था मिलाईएको थियो।

तत्कालीन मल्ल् राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रका नाममा यो रानीपोखरी सहित बालगोपालेश्वर मन्दिर संगै पोखरीको चार कुनामा अन्र्तगत उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको बनाएको शिलापत्रमा उल्लेख गरिएको छ ।