बिहिबार, बैशाख १३, २०८१

रअ र पर्सा हत्या प्रकरणका कारण ओली र प्रचण्ड’बीचको विवाद थप उत्कर्षमा

काठमाडौ कातिक १३, सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र ‘प्रचण्ड’बीच फेरी दूरी बढेको छ । पछिल्लो समय सहमति भएको बताईएपनि र भित्रभित्रै भुसको आगो जस्तै सल्किएको अध्यक्षद्वय वीचको विवाद  पुन कर्णाली प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, विभिन्न देशमा राजदूत नियुक्ति संगै प्रधानमन्त्री समेत रहेको अर्का अध्यक्ष केपी ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा विपरितको भेटवार्ता संगै   पर्सा हत्या प्रकरणले   थप उत्कर्षमा पुगेको स्रोतको दावी रहेको छ ।

बढ्दो दुरीका कारण विगत एकसाता यतादेखि अध्यक्षद्वयबीच संवाद नहुनको अलावा अध्यक्ष प्रचण्डले सहमति विपरितका कामकारवाहीलाइ निरन्तरता दिने केपी ओलीसंग अब एक्लाएक्लै भेटवार्ता गर्नुको कनै अर्थ नभएको जे हुन्छ बैठकबाट हुन्छ बैठकबाटनै निकास खोज्नु पर्ने बताउन थालेका छन ।

तर पछिल्लो समय अर्थमन्त्रीको जिम्मेवारीमा रहेको नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका नेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलले भने दुवै अध्यक्षवीच छलफल को वातावरण बनाउन  सवै खालको प्रयासलाइ जारी राखेको बुझिएको छ ।