शुक्रबार, चैत्र १६, २०८०

यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु डा भट्टराईको गैरजिम्मेवार अभिब्यक्ति : प्रम ओली

काठमाडौं असोज ३०,

६५ औँ प्रहरी दिवसको अवसरमा आयोति कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बुढीगण्डकी विद्युत आयोजनाबारे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताउनुभएको छ । त्यस्तै प्रम ओलीले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार भएको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले देश र जनतालाई गलत सूचना दिएर भड्काउनुको अलावा त्यसप्रति आपत्ति जनाउनुभएको छ

पूर्व प्रधानमन्त्री भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली सहितका नेताले बुढीगण्डकी आयोजनामा ९ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दावी गरेका थिए । तर प्रम ओलीले आयोजना निर्माणका विषयमा कुनै निर्णय नै नभइसकेको अवस्थामा यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो उहाँले थप्नुभयो । सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको चर्चा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।त्यस्तै सम्बोधनको क्रममा प्रम ओलीले बलात्कारजस्ता अत्यन्त अमानवीय अपराधका विरुद्ध चाँडै नै नयाँ कानुन आउने जनाउ दिदै

बलात्कारजस्ता घटनामा मिलापत्र गरेर अपराधी छाड्ने र छोडाउनेसमेतलाइ अव बन्ने कानुननले कारबाही गर्ने बताउदै बलात्कारी जो कोहि भएपनि कारवाहीका लागि पछि नहट्न पनि प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन समेत दिनुभएकोछ ।