बिहिबार, चैत्र १५, २०८०

मन्त्रिपरिषद् बैठक: मुख्यसचिवमा वैरागी, खतिवडा , रेग्मी अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

काठमाडौं असोज १५ ,
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

त्यस्तै बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा र मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको छ ।

राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदनका लागि संसदीय सुनुवाइको प्रक्रिया शुरु गर्नेभएको छ ।