शुक्रबार, चैत्र १६, २०८०

मन्त्रालयले भन्यो- दशैं अर्को बर्ष पनि मनाउन सकिन्छ, त्यसअर्थमा अहिले जो जहाँ छ, त्यहिँ बस्दै दशैं मनाऔँ

काठमाडौ असोज १८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सर्वसाधारणलाई आसन्न दशैंको गाँउ शहर आवतजावत नगर्न आग्रह गरेको छ । मन्त्रालयले दशैंमा आवत जावत गर्दा कोभिड संक्रमण थप फैलनसक्ने भन्दै यस्तो आग्रह गरेको हो ।

यो महामारीका बेलामा गाँउ शहर आवतजावत नगरौँ । अहिले जो जहाँ छ, त्यहिँ बस्दै दशैं मनाऔँन ‘आज बसेको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले गरेको आग्रहलाइ आम नेपाली दाजुभाई दिदीवहिनीहरुले सकारात्मक रुपमा लिनुहुनेछ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने।

त्यस्तै उहाँले यसपटक महामारीबाट जोगिएमा दशैं अर्को बर्ष पनि मनाउन सकिन्छ भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाँउबाट अर्को ठाँउमा नजान बैठकले आग्रह गरिएको बताए । यस्तै बैठकले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिमाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने समेत निर्णय समेत भएको जानकारीदिनुभयो ।