बिहिबार, चैत्र १५, २०८०

भक्तपुर काँग्रेस सभापति थापालाई पितृशोक

भक्तपुर असोज २३,
भक्तपुर काँग्रेसका सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । मध्यपुर अस्पतालमा उपचारका क्रममा सभापति थापाका पिता डा रामबहादुर थापाको आज ७९ वर्षका उमेरमा निधन भएको हो ।

कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलका अनुसार मूत्रनलीको अर्बुदरोगको समस्यामा रहनुभएका डा थापा केही दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रोस्टेट गन्थ्रीको शल्यक्रियापछि घरमा आराम गर्दै आउनुभएको र यसवीचमा स्वास्थ्यमा जटिल समस्या आएपछि आज बिहान उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा थापाको निधन भएको बताईएकोछ ।