शुक्रबार, चैत्र १६, २०८०

बालमैत्री नेपाल’ निर्माणका लागि एकीकृत कार्यक्रम सहित अगाडि बढ्न मन्त्री गुरुङको आग्रह

काठमाडौं असोज २८,

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालमैत्री नेपाल’ निर्माणका लागि बाल अधिकारको क्षेत्रमा कार्यरत सङ्घ, संस्थालाई एकीकृत कार्यक्रम बनाएर अघि बढन आग्रह गर्नुभएको छ ।

बाल सहभागितामा कार्यरत संस्था कन्सोर्टियम–नेपालले आज आयोजना गरेको ‘भर्चुअल’ बैठकमा वोल्दै मन्त्री गुरुङले यस्तो आग्रह गर्नु भएको हो ।  त्यस्तै उहाँले बाल अधिकार सुनिश्चित गराउने कार्यक्रमलाई प्रभावकारी बनाउन सम्वद्ध सवैलाइ आह्वान समेत गर्नुभएको छ।

कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल बाल अधिकारकर्मी तारक धिताललगायतले बालबालिकाको हितका लागि अर्थपूर्ण नीति र कार्यक्रम बनाइ कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको थियो ।