शुक्रबार, चैत्र १६, २०८०

कोभिड कहर: लकडाउन वा निषेधाज्ञा गर्नुपर्ने अवस्था बढ्दो रहेको सरकारका प्रवक्ताको जनाउ

काठमाडौं असोज २५,
बढ्दो कोभिड महामारीसंगै सरकारले फेरि निषेधाज्ञा जारी गर्ने   संकेत दिएको छ । कोभिड महामारी भयावह भइरहेका बेला नागरिकमा सचेतना बढ्नुको साटो लापरबाही बढेको भन्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्दै दिनानुदिन लकडाउन वा निषेधाज्ञा गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताउनुभएको हो ।

त्यस्ते उहाँले  सरकारले पटक पटक मास्क लगाउन, सामाजिक दुरी कायम गर्नका लागि गरेको गरेका आग्रह नागरिक स्तरबाट अवज्ञा हुनेक्रम बढेको बताउदै यसवीचमा कोभिड संक्रमण थप अनियन्त्रित हुँदै गएको संकेत गर्दै संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह समेत गर्नुभएकोछ ।

यसैवीच मप बैठकको निर्णय सार्वजनिक गर्दै उहााले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गर्नुुको अलावा नेपाल वायु सेवा निगमका महाप्रबन्धकमा डिमप्रकाश पौडेललाई नियुक्त गरिएको जानकारी दिनुभएको छ ।

यस्तै स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र विकास समितिका अध्यक्षमा डा वशिष्ठप्रसाद रिजाललाई गरिएको छ भने सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्षमा डा बाबुराजा अमात्य, औषधि परामर्श परिषद्का सदस्यमा प्रा डा सङ्घरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाललाई मनोनयन गर्ने निर्णय संगै निक्षेप तथा कर्जा सुरक्षण कोष सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई गरिएको बताउनुभयो ।

त्यस्तै बैठकले पैठारीको बन्देज हटाउदै अमेरिकी डलर ५० हजार डलरभन्दा बढी मूल्यको सवारी साधन ल्याउन फुकुवा गर्ने निर्णय संगै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र विकास समितिका अध्यक्षमा प्रा डा देवबहादुर रोका क्षेत्री तथा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव भरतराजपौडेललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी परराष्ट्र मन्त्रालयका सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो