बिहिबार, चैत्र १५, २०८०

प्राडा गोविन्द केसीसँग सरकारवीच ८ बुँदे सहमति, चिकित्सक संघका घोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन

काठमाडौं असोज २५ , अन्तत चिकित्सा शिक्षा सुधारको माग राख्दै २८ दिनदेखि अनसनरत प्राडा गोविन्द केसीसँग सरकारले ८ बुँदे सहमति गरेको छ । सहमतिसँगै डा केसीले आज विहान जारी अनसन आइतवार विहान एक कार्यक्रमकावीच   तोड्ने भएको छ।   सहमतिपत्रमा डा. केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गर्नुभएकोछ ।

त्यस्तै सहमतिपत्रमा उल्लेखभएअनुसार सरकार र डा। केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने अन्यत्र २०८० फागुन १० भित्र पढाइ सुरु गर्ने त्यस्ते विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न ३ साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने उल्लेख गरिएकाछ ।

त्यस्तै सहमतिपत्रमा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र प्रक्रिया अघि बढाउने
र प्रदेश २ को सप्तरीस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमतिपत्रमा उल्लेख गरिएकोछ ।

यस्तो छ सहमतिपत्रको पूर्णपाठ :

यसैवीच डा केसीको समर्थनमा नेपाल चिकित्सक संघले आजबाट जारी हुने गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । प्राडा गोविन्द केसी र सरकारबीच गएराति ८ बुँदे सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।