बिहिबार, चैत्र १५, २०८०

प्रम ओली र ‘रअ’का प्रमुख गोयलवीच भएको डेढ घण्टा लामो छलफल आपत्तिजनक र कूटनीतिक मर्यादाविपरीत

काठमाडौ कार्तिक ६,
प्रधानमन्त्री केपी ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ [रअ] का प्रमुख सामन्तकुमार गोयलले बुधबार साँझ भेट गरेको प्रमका  प्रेस सल्लाहकार सूर्य थापाले समाजिक सञ्जाल मार्फत सार्वजनिक जानकारी जनाएका छन्।  प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटार बुधबार बेलुका भएको डेढ घण्टा लामो भेटवार्ताको भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा छलफल भएको बताईएको छ ।

यद्यपी कुटनीतिक स्वीकृति लिएर आएका गोयलको आकस्मिक नेपाल भ्रमणबारे बिहीबार बिहान उनी दिल्ली फर्कनु अघिसम्म सरकारका कुनै पनि निकायले औपचारिक जानकारी दिएका थिएनन्। यसअर्थमा प्रम ओली र र प्रमसख गोयलवीचको वार्तालाइ अर्थपूर्णरुपमा हेर्दै गर्दा
सत्तारुढ दल नेकपाका नेता भीम रावलले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी ओलीको भेट कूटनीतिक मर्यादाविपरीत र आपत्तिजनक भएको बताएका छन् ।

नेता रावलले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गरेकोमा सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन् ।  सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाविपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादाविपरीत छ।’