बिहिबार, चैत्र १५, २०८०

प्रदेश न ५को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम, दुवै प्रस्ताव दुई तिहाईले पारित

काठमाडौ असोज २०,
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी दुई तिहाईले पारित भएको छ । प्रदेश सभाको आजको बैठकमा मतदान प्रक्रियाबाट प्रदेश न ५को नाम र स्थायी राजधानीको टुंगो लगाएको हो ।
अव प्रदेश न ५को नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ। प्राप्त जानकारी अनुसार प्रदेशको नाम लुम्बिनी स्थायी राजधानी देउखुरी कायम गर्ने प्रस्ताव उपर भएको अलग अलग मतदानको क्रममा प्रदेश नामाकरणको लागि भएको मतदानमा प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत  त्यस्तै दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्तावको मतदानमा पक्षमा ६९ र विपक्षमा १३ मत प्राप्त भएको थियो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि कांग्रेसका केही सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा मतदान गरेको बताईएको छ ।