शुक्रबार, चैत्र १६, २०८०

पत्रकार चौलागाईंको निधन

काठमाडौं कार्तिक १४ ,
नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित हुने काभ्रे पोष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक विष्णुप्रसाद चौलागाईँको शुक्रबार निधन भएको छ ।

नेपाल प्रेस युनियन काभ्रेका पूर्व अध्यक्ष समेत रहेका चौलागाइँ २ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहदै आएको थियो । केही समयअघि कोभिड संक्रमित  चौलागाईंको निमोनियाको कारण निधन भएको पारिवारिक श्रोतले बतायो ।

पत्रकारिता क्षेत्रमा नियमित संक्रिय चौंलागाइँको निधनप्रति नेपाल पत्रकार महासंघसहित विभिन्न संचारसम्वद संस्थाले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।