मङ्लबार, बैशाख ११, २०८१

देशभर ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्युसंगै थप १ हजार ५ सय ५१ जनामा कोभिड संक्रमण

काठमाडौ असोज २०,
पछिल्लो २४ घण्टामा देशभर देशभरका बिभिन्न प्रयोगशालामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण्को क्रमा थप १ हजार ५ सय ५१ जनामा कोभिड १९ संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । यसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको मन्त्रालयले जनाएको छ ।त्यस्तै काठमाडौमा ७८३ जना, भक्तपुरमा ११६ जना र भक्तपुरमा ११८ जना गरी कुल १ हजार १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ थप २ हजार ३ सय ४० जना उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ भने देशभरका क्वारेनटिनमा ४ हजार २ सय २१ जना, होम आइसोलेसनमा १३ हजार ५ सय ९१ जना र संस्थागत आइसोलेसनमा ९ हजार १ सय ११ जना रहेका छन् । त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २४३ जना र भेन्टीलेटरमा ४० जना उपचारर भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्युभएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । जसअनुसार सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ , ६७ र ७७ वर्षीय, काठमाडौँका ५९ र ६० वर्षीया, चितवनका ७० वर्षीय पुरुष त्यसैगरी तेह्रथुमका ३१ वर्षीय र नवलपरासीको पूर्वको ७७ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जानकारी गारएको छ ।