मङ्लबार, बैशाख ११, २०८१

देशभर २१ जना संक्रमितको मृत्युसंगै थप ३ हजार ६३७ जना संक्रमित थपिए

संक्रीय संक्रमितको संख्या ४४ हजार ८७७ नाघ्यो

काठमाडौ कार्तिक ६,

देशभरका विभिन्न प्रयोगशालामा १५ हजार २५५ जनाको पीसीआर परीक्षणका क्रममा देशभर थप ३ हजार ६३७ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप १ हजार ५५२ जनामा कोभिड संक्रमित रहेको जनाएकोछ । यसमध्ये काठमाडौमा १ हजार २८३ जना, भक्तपुरमा ११२ जना र ललितपुरमा १५७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज देशभर ३ हजार २१५ जना संक्रमित उपचारपछि डिस्चार्जभएसंगै कुल संख्या १ लाख २ हजार ८ सय २० पुगेको छ ।।

मन्त्रालयका अनुसार आजसम्म देशभर कोभिडको संक्रीय संक्रमितको संख्या ४४ हजार ८७७ जना रहेको छ भने देशभरका बिभिन्न अस्पतालका आइसीयूमा २९० र भेन्टीलेटरमा ७७ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।  त्यस्तै   पछिल्लो २४ घण्टामा देशभर थप २१ जना कोभिड संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।