बुधबार, बैशाख १२, २०८१

देशभर १४ जना संक्रतिको मृत्युसंगै सक्रिय कोभिड संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौ असोज २४,

पछिल्लो २४ घण्टामा देशरभरका विभिन्न प्रयोगशालामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गर्ने क्रममा देशभर थप ५ हजार ८ जनामा कोभिड १९ संक्रमण देखिएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५६ सय ८४ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ।

त्यसैगरी देशभर थप १ हजार २ सय २९ जना उपचारपछि डिस्चार्ज भएसंगै । यो डिस्चार्ज हुनेको कुल संख्या ७४ हजार २५२ पुगेको छ । साथै देशभरका क्वारेनटिनमा ४ हजार ६ सय ८६ जना ,होम आइसोलेसनमा १७ हजार १ सय ६४जना र संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रेको मन्त्रालयले जनाएको छ। ।

त्यसैगरी देशरका अस्पतालका आइसीयूमा ३२१ जना उपचाररत रहेको जनाउदै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकाका मात्र थप २ हजार ६ सय ७२ जना कोभिढ संक्रमित रहेको जनाएको छ। त्यस्तै नेपालमा कोभिड संक्रमणबाट थप १४ जनाको मृत्यु भएसंगै नेपालमा मृत्यु हुनेको संख्या ६१४ पुगेको मन्त्रालयले जनाएको छ।