शनिबार, बैशाख ८, २०८१

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो , ३४ सय ३९ जनामा संक्रमण , थप १५ जनाको मृत्यु

काठमाडौ असोज २१,
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४ सय ३९ जनामा कोभिढ संक्रमण देखिएको छ । देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षणको क्रममा थप ३ हजार ४ सय ३९ जनामा संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको सख्या ९४ हजार ५ सय ५३ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ थप १ हाजार १ सय २६ जना उपचारपछि डिस्चार्ज भएसंगै त डिस्चार्ज हुनेको कुल संख्या ६८ हजार ६ सय ६८ पुगेको छ भनेदेशभरका क्वारेनटिनमा ४ हजार १ सय ६४ जना होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना र संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ रहेको जनाएकोछ ।

साथै आज पहिचान भएको संक्रमित मध्ये काठमाडौ उपत्यकामा आज थप १ हजार ६८४ जना रहेको जानकारी दिदै मन्त्रालयले २३३ जना आइसीयूमा र ३७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएकोछ ।  त्यस्तै उपत्यकाका ७ सहित देशभर थप १५ जना संक्रमितको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको मन्त्रायले जनाएको छ ।

मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष गरी थप १५जना रहेको जनाउदै मृत्यु हुनेमा काठमाडौको ६६ , ७२, ४५, ५३, ६४, ६९ वर्षीय, र ललितपुरको ४६ वर्षीय संक्रमित रहेका छन । त्यस्तै मोरङका ४० र ६० वर्षीय पुरुष, सिराहाको ५० वर्षीया महिला, रौतहटको ७२ वर्षीया, दाङको ७१ वर्षीया महिला , चितवनको ६१ वर्षीय, रुपन्देहीको ५५ वर्षीय र नवलपरासीको ७६ वर्षीय पुरुष रहेका छन ।